सुदूरपश्चिमको २२ मेगावाट जलविद्युत सपना, डीपीआरमै तुहिदै

धनगढी – सुदूरपश्चिम प्रदेशमा २२ दशमलव ४३ मेगावाट क्षमताका तीन वटा जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवदेन तयार पार्ने काम जारी निषेधाज्ञाले प्रभावित बनेको छ । ६ दशमलव ९७ मेगावाट क्षमताको नौगाड, ७ दशमलव ७५ मेगावटको सुर्नयागाड र ७ दशमलव ७१ मेगावाटको माथिल्लो सुर्नयागाड जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययन भने सम्पन्न भइसकेको छ। तर कोरोना महामारीले जनशक्ति परिचालन हुन नसक्दा विस्तृत परियोजना प्रतिवदेन तयार पार्ने काम भने रोकिएको हो।

सुदूरपश्चिम प्रदेश सरकारले गत फागुनमा तीन वर्षे प्रगति विवरण सार्वजनिक गर्दै प्रदेश सरकारको लगानीमा बन्ने ६ दशमलव ९७ मेगावाट क्षमताको नौगाड, ७ दशमलव ७५ मेगावाटको सुर्नयागाड र ७ दशमलव ७१ मेगावाटको माथिल्लो सुर्नयागाड जलविद्युत आयोजनाको प्रारम्भिक वातावरणीय प्रभाव अध्ययनलाई प्रमुख उपलब्धि बताएको थियो।

दिनेश खबरबाट

You can share this post!