प्यालेस्टिनी जनतामाथि इजरायलको बर्बर दमन बन्द गर्न नेकपाकाे चेतावनी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) (विप्लव समूह)ले इजरायल र प्यालेस्टिनबीच जारी युद्ध तत्काल बन्द गर्न त्यहाँको सरकारसमक्ष अपिल गरेको छ । पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा विज्ञप्ति जारी गर्दै विप्लव समूहले उक्त अपिल गरेको हो । ‘एक सातादेखि इजरायली साम्राज्यवाद र सरकारले प्यालेस्टिनी जनतामाथि गरेको सैनिक हमला र व्यापक जनधनको क्षतिले कुनै पनि सभ्य मानिसलाई क्षुब्ध र आक्रोशित नबनाइरहन सक्दैन ।

प्यालेस्टिनी जनतामाथि भएको इजरायली बर्बर आक्रमणको हाम्रो पार्टी कडा रूपमा विरोध गर्दछ र यसप्रकारको आक्रमण तुरुन्त बन्द गर्न इजरायली सरकारसँग अपिल गर्दछ,’ पार्टीका इन्चार्ज कञ्चनद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘प्यालेस्टिनी जनतामाथि चरमपन्थी इजरायली साम्राज्यवादीहरूको बर्बर आतङ्क विश्व-समुदायमा नजाओस् भनेर एसोसिएटेड प्रेस र अल जजिराजस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका कार्याल भवनहरूसमेत बमबारी गरी ध्वस्त बनाउनु इजरायली फाँसीवादको पराकाष्टा हो । उनीहरूको यो चरम फाँसीवादको हाम्रो पार्टी घोर निन्दा र विरोध गर्दछ ।’

धार्मिक अन्धविश्वास र त्यसको जगमा पैदा भएको अतिवादी उन्वादले दुवै देशका जनतालाई भलाइ नगर्ने पनि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीको धारणा छ ।

netra,.jpg

You can share this post!