नेकपा हेडक्वाटरमा मुद्दा !

हेम बहादुर खडका

कम्युनिस्ट पार्टीको आफ्नै किसिमको साङ्गठानिक संरचना हुन्छ, अनुशासन हुन्छ, मर्यादा हुन्छ, “जनसेना-जनसत्ता-पार्टीको” सुसज्जित बलियो आत्माबिश्वास बोकेको, भौतिक, बैज्ञानिक, सत्य र तथ्यमा आधारित, माक्र्सवादि बिचार, सिद्धान्त र दर्शन सहितको जनतामा रोलमोडेल हुनसक्ने क्याडरहरु भएको संघर्षको मैदानमा निकै नै सान्दार ढंगले आफ्नो जिम्मेवारी पूरा गरेर बिजयको झण्डा गारेर, जितका सङ्गित र नाराहरु लगाएर सधैं प्रगतिशील र अग्रगामी छलाङ मार्न सक्ने स्कुलिङ्गमा हुर्किएको हुन्छ ।

पार्टी भित्र भएका, खराब प्रवृत्ति बिरुद्ध लड्न सक्ने, स्वार्थ, आत्माकेन्द्रीत, अबसरबाद, आत्मासमर्पणवाद र बिसर्जनवादका बिरुद्ध लडेर बिद्रोहको मशाल बाल्दै सामाजिक रुपान्तरणको प्रक्रियामा दृढतापुर्बक लड्ने आदाम्य साहस भएको व्यक्तित्व हो कम्युनिस्ट । ३५ सदस्यीय केन्द्रीय कमिटी रहेको पार्टीले आठौं महाधिवेशन बाट चुस्त कमिटी बनाउने निर्णय सङ्गै प्रतिबन्ध पछि सानो छरितो, १५/१६ जनाको केन्द्रीय समिति रहेको कुरा हामिलाई बताईएको थियो, केन्द्रीय समिति रहेको कुरा हामिलाई बताईएको थियो, 

३ बुदे सहमति मार्फत बिना सम्झौता, आफ्नो पार्टीको संरचनालाई जोगाउदै, प्रतिबन्ध फुकुवा गरेको पार्टीले दशौ केन्द्रीय कमिटीको बैठक मार्फत अरु ३१ बढी केन्द्रीय सदस्य थपेर ६५ जना अझ त्यो भन्दा धेरै सयौंको संख्यामा सदस्य रहेको केन्द्रीय कमिटी बनाएको कुरा सामाजिक संजालभर बधाई दिएर रङ्गियो । यो ३ बुदे बढेर, १२ बुदे नबनोस, हामी पार्टीमा हाम्रो फरक मत राख्न पाउने मुद्दा दायर गर्न चाहान्छौ ।

आदरणीय महासचिव कमरेड,

हामी श्रमजीवी र उत्पीडित जनसमुदायको अधिनायक्त्व कायम गर्दै, देशमा बिधमान रहेका असमान प्रकृतिको कार्यपालिका, न्यायपालिका र व्यबस्थापिका समग्रमा यो देशमा मौलाईरहेको भ्रष्ट दलाल संसदीय व्यवस्थाको ठाउँमा बैज्ञानिक समाजवादी सत्ता निर्माण गर्न धुर्बिकरण भएका थियौं ।

हाम्रो मत, पार्टी संरचना समाजावादी मोडेल, पार्टीको अर्थ-व्यवस्था समाजवादी मोडेल, बिधमान सत्ताको न्युनतम कुनै एक स्थानीय सत्तामा हाम्रो मोडेलको सत्ता  बनाउने र नमुनाका रूपमा देखाउने सिर्जनशिल राजनीतिक कार्यक्रम बनाउनेतर्फ लैजानु पर्छ पार्टीलाई भन्ने मतमा थियौं । सरकारी सेवा दिईरहेका र प्राईभेट कम्पनीले मनपोली ढंगले जनतामाथी थोपरिएका, दुख, जालझेल र ठगी प्रवृत्तिको समुल अन्त्य गर्ने जनसंघर्षमा सिङ्गो पार्टीलाई लैजान चाहान्थ्यौँ । राजनीतिक मैदानमा बैकल्पिक शक्ति कुरेर बसेका आम नागरिकको सह्यता बनेर उनिहरुकै घर आङ्गनमा आफ्नो भुमिका समर्पण गर्न चाहान्थ्यौं ।

केन्द्रीय समितिका कमरेडहरु,

कमान्ड र ब्यूरोको जिम्मेवारीमा रहेर जनता सङ्ग जोडिएर जनजिबिक र जनतन्त्रमा ल्याईएका ७ बर्ष भित्रका  १० वटा समाजवादी मोडेलको वा हाम्रो सत्ताको नमूनायोग्य कामहरु, प्रगति विवरणहरु के के हुन? आँखा चिम्लेर सम्झनुस त ? पार्टीले तय गरेका, उत्पादन, बितरण र नेताकार्यकर्ताको जिबनशैली के समाजवादी मोडेलको वा आम नागरिकलाई हाम्रो व्यवस्था प्रति आकर्षित गर्ने  त्यस्तो क्याडरहरु कति जना तपाईंको कमान्डमा बनाउनु भयो? जसको नाम सम्झनुस त? 

आम नागरिक र अरु राजनीतिक दलहरुले वा! राजनीतिक दल जसले यो देशका नागरिक र रास्ट्रको नेतृत्व गरोस भन्ने बनाउनेतर्फ पार्टीलाई लैजाने राजनीतिक कार्यक्रम हामीले के के ल्यायौं । आत्मा समिक्षा किन नगर्ने ? पार्टीको कार्यनीति अनुरुपको कार्यभार नेताकार्यकर्ताले को कसले कति पूरा गरे? मुल्यांकन कुन कसिले गरियो ? गरिन्छ? के त्यो बिधि बैज्ञानिक छ? कि पुरानै नातावाद किर्पावाद वा जसले पैसा उठाएर दिन सक्यो त्यसैको मात्रै अंक बढ्ने ? जनयुद्धताका पनि पार्टीमा फरक मत राख्ने, जनता सङ्ग लोकप्रिय बन्न लागेको क्याडरलाई सकेसम्म घेराबन्दी गर्ने, निषेध गर्ने र नसके मारिदिने सम्म हुन्थ्यो भन्ने यताकता आजभोलि सम्म सुनिन्छ, के यो प्रवृत्ति यहाँपनि घुसपैठ भएको हो? नत्र किन कुमार पौडेलहरु उस्तै प्रकृतिमा मारिए ?

महासचिव कमरेड, 

एकीकृत जनक्रान्तीको कार्यदिशामा १ दर्जन बढिको बलिदानी छ, सुन्दर बिहानी ल्याउने सपना बोकेका वीर योद्धाहरुले घरपरिवारको सुख, आफ्नो खुसी त्यागेर दिनरात पसिना, आँसु र रगत बगाएर भोक र निद्रा नभनी खटिरहेका छ्न । तिनीहरुको मुल्यांकन बिधि समाजवादी मोडेलकै छ कि, उही पुरानै ब्यूरो ईन्चार्जहरुको रिपोर्ट कै भर मात्रै हो?

हामिलाई निकै उद्देलित बनाउछ कमरेड, हरेक कमिटीका प्रमुखले गएको बैठकले दिएको जिम्मेवारी आफुले कति पूरा गर्न सकेनसकेको कहाँ कहाँ कमिकम्जोरी रह्यो सहिदहरु साची राखेर यथार्थ बक्छ्न, आत्माआलोचना गर्दछ्न, आत्मासमिक्षा गर्दछन, जिम्मेवारी पूरा गर्न नसके हात उठाउछ्न, प्रत्येक सदस्यको यो आत्मावृतान्त सकिएपछि प्रमुख र आफुले गरेका र गर्न नसकेको कुरा को सार संक्षेप माईनट बन्छ त्यही माइनट माथिल्लो कमिटीमा जान्छ, त्यति मात्रै ले नेतृत्व बिश्वस्त हुन्न कामको मुल्यांकन बिधी, माईनट र गोप्य साखाको सूचना तीन आर्क बाट मुल्यांकन गरेर हेर्ने चलन हुन्थ्यो र राम्रो काम गरेकालाई थप प्रोत्साहन र कमिटीमा बढुवा गरिन्थ्यो त्यस्तो कम्युनिस्ट पार्टी र स्कुलिङ पाएको तपाईंले त्यो भन्दा राम्रो अझ पारदर्शी र मजबुत सङ्गठन बनाउन तपाईंलाई केही न केहिले रोकेकै हुन पर्दछ । 

समय आफ्नो पक्षमा हुँदै हरेक कमि कमजोरीको मुल जरो पत्ता लगाउने र त्यसलाई उखेलेर फ्याल्ने केही स्टेपको करेक्सन गर्दै त्यसको निराकरण गर्न सके पार्टी साच्चिकै क्रान्तिकारी पार्टी र जनता र रास्ट्रले खोजेको पार्टी बन्ने थियो कि? २ बर्षको प्रतिबन्ध छिचोल्दै आएको पार्टीको सिपाही भएको हैसियतले पार्टीमा गोलबन्द आम निशर्त क्रान्तिमा लागेका हामी सिपाहीहरुको तर्फबाट यही खबरदारी छ । निशर्त क्रान्तिमा लागेका हामी सिपाहीहरुको, पार्टी हेड्क्वाटरमा मत सहितको मुद्दा दायर गर्दछौं । जति सकिन्छ त्यति गरौं , मुठ्ठीमा राख्न सक्ने सिस्टमको बिकास गरौं, तपाईं निश्चिन्त, निशर्त  अधि बढ्न सक्नुपर्छ, क्रान्तिको बाकी कार्यभार पूरा गर्ने दोस्रो पुस्ता तयार छ । 

You can share this post!