कोरोनाको चपेटामा पर्दै नेपाल / नागरिकको भविष्य अब कता सरकार ?

जबसम्म जनता रहन्छन् /तबसम्म राज्य र राष्ट्र रहने सवाल हजुरलाई विधितै छ ।मुख्य सवाल राज्यतन्त्र र राजनिती भन्दा यतिबेला कोरोना विरुद्द लड्न नेपालले अपनाउनुपर्ने रक्षात्मक र भावनात्मक नीति केही नदेखिनु विडम्बना लाग्यो कमरेड ! तपाईंलाई म निवेदन गर्दछु ,कोरोनाको उपचारको नाममा रेम्डेसिभिर नामक काम नलाग्ने औषधि खुवाएर किन संक्रमितको उपचार गरिदैछ ?

नागरिकको जीवन नै राज्यको जीवन सम्झिदै अब तपाईले यो घोषणा गर्नुहोस् कि जति पनि कोरोना संक्रमितको उपचार खर्च राज्यले बेहोर्ने,कोरोनाको कारण मृत्यु भएकाको दाहसंस्कारको खर्च राज्यले बेहोर्ने किसिमको सम्बोधन गर्दै कोरोना कहर नहटुन्जेल राज्यको ढुकुटीबाट नेता र दलका सांसद अनि सरकारमा आसिन तपाईको मन्त्रीमन्डलले लिने भत्ता,सेवा र सुविधा बन्द गरेर जनताको घाउमा मलहम लगाउने कोसिस गर्नुहोस् प्रधानमन्त्रीज्यु ।

मुलुकका थुप्रै कोरोना संक्रमितलाई अभाव नहुने गरि अक्सिजन पर्याप्त जोहो गर्नुहोस् । राजनितीक दल बनाउने भन्दा अब जनता बचाउने मिसन बनाउनु भयो भने दिनहिन गरिब र असहायले पनि अस्पतालको मुख देखेर मर्न पाँउथे कि ?सम्माननीय प्रधानमन्त्रीज्यु । आशा गरौं,राज्यले नागरिकको जीवन माथी खेल्वाड भन्दा सरोकार राख्नेछ ,चिन्ता ब्यक्त गर्नेछ । धन्यवाद ।

– उही तपाईको नागरिक – लक्ष्मण चौलागाईं विद्रोही

You can share this post!