चितवनबाट रिहा भए विप्लवका दाजु विरजंग

चितवन – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ शुक्रवार जिल्ला कारागार चितवनबाट छुटेका छन्।वीरजंगले २५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेको चितवन कारागारका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए। जिल्ला अदालत नवलपरासीले रिहा गर्ने आदेश दिएपछि उनी रिहा भएका हुन। वीरजंग २०७७ असोज २८ गतेदेखि चितवन कारागारमा रहेका थिए।

नेकपा र सरकारबीच शान्तिपूर्ण राजनीतिमा आउने र नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका थुप्रै नेता कार्यकर्ताहरु यसअघि नै रिहा भएका थिए । जेलर काफ्लेका अनुसार वीरजंग बम विस्फोटको मुद्दामा कारागार चलान भएका थिए। वीरजंगको घाँटी र पेटमा समस्या आएपछि उपचारका लागि चितवन कारागार ल्याइएको थियो।

You can share this post!