हैन न्यायको दफा कुन संविधानमा होला

लक्ष्मण चौलागाईं विद्रोही

सहिद परिवारलाई गुन्डाले धम्क्याइदिदा

त्यो सहिदको पार्टी कहाँ छ होला !

हत्याराले सहिदको जीवन नै चुं्डिदिदा

बदला पनि नलिने, न्याय पनि नदिने

कुन दल होला !!

पक्कै पनि व्यवस्था बदल्ने सहिद हो

पक्कै पनि गणतन्त्र ल्याउने सहिद हो

तर त्यो सहिद परिवारको आवाज

न ओकल्ने कुन पत्रुकार होला

व्यक्तिको मात्रै झोला बोकेर जुनी गुजार्ने

कुन क्रान्ती होला ?

यदि यो मुलुकमा

सच्चा लोकतान्त्रिक राज्यव्यवस्था

आएको थियो भने

गणतन्त्रमा नै दर्जन ढलिसके आस्थाको भरमा

यदि यो मुलुकमा सुशासन थियो भने

५००० जति बालिका बलात्कारीले

हत्या गरि मरिदियो

हैन न्याय नामको दफा कुन संविधानमा होला ?

परिवर्तन र क्रान्तिको ढोल पिट्नेहरु

नयाँ देशमा नयाँ दुर्दशा कुन देशको होला ?

भासण यो मुलुकले कान टट्टाउने गरि सुन्यो

सबैले भाषण राम्रोसँग गर्छन्

अब भाषणको शासन छोडेर

देश बनाउन सावेल र बेल्चा बनाउने होला

गल, घन र छिनो अर्चाप्ने होला !

अपराधीलाई थुन्न खोर हैन

हत्याको बदला

बलि सिरुपाते खुकुरी बनाउने होला !!

You can share this post!

Next article