फर्किएनन पुर्ण पौडेलहरु

बि पि बिद्रोही

……………………………

स्विचअफ गरेर आइफोन

भट्टीमा मातिरहेको छोरो

एक घण्टा हुंदा सम्पर्क बिहिन..

भान्छामा आमा छटपटाउछिन

कहा गयो होला छोरो?

मझेरीमा बा हरु फतफताउछन

बिछ्याउनामा श्रीमतिहरु टोलाउछन

लाला बालाहरु ट्याउसिन्छन

युटुबमा भिडियो भाइरल हुन्छ

अपहरणकरिले अपहरण गरेको मान्छे

सत्ताले खोजिदेला ?

तर सत्ताले अपहरण गरेको मान्छे

कसले खोजिदिने ?

सहोदरहरु पासपोर्ट बोकेर युरोप हान्निरहेको बेला

यो देश परिबर्तन गर्नुपर्छभन्दै

किताब कापी बोकेर क्याम्पस गएको छोरो

अठार बर्षसम्म घर नफर्किंदा

कस्तो भयो होला ती मोतिमाया आमालाई

सपनामा कति पटक देखिन होला ती बुढी आमाले

पुर्ण पौडेल लाइ ?

के अनुमान लगाउन सक्नुहुन्छ?

पर्खाइ के हो , पीडा कस्तो हुन्छ

सोध त आस्था दिदी लाई।

अठार बर्षमा घडिको घण्टा सुइले कति फन्का मार्यो होला ?

मिर्मिरेमै ढकढक गर्यो ढोका

सोचिन मन कुमारी आमाले सायद गणतन्त्र आयो होला

तर होइन रहेछ

सोम माया लाई खोज्न पुलिस आएको रहेछ

सामन्ती कालमा पनि यसै गरि आएको थियो पुलिस

सोम बहादुरलाई खोज्दै

बरु खुदि खोला फर्किएको देखिन मनकुमारी आमा ले

तर सोम बहादुर कहिल्यै फर्किएनन।

सुनौलो दिन फर्काउछु भनेर निस्किएको सोमबाहदुर

जिन्दगी को झंम्के साझसम्म नि फर्किएनन।

ओ शासक

तिमिले चुनाब पर्खिए जस्तो सजिलो छैन

हराएका मान्छेलाई पर्खिन

तिमिले कुर्ची पर्खिए जस्तो सजिलो छैन

गणतन्त्र आयो

लोकतन्त्र पनि आयो

तर बेपत्ता पारिएका हरु कहिल्यै आएनन

मलमहरु बने

तर घाउ हरुमा लगाइएन

हराएका लाई खोज्न गएकाहरु उतै हराए

सहिदको सपना खोज्न गएकाहरु आफै हराए

देशलाई स्वाधिन बनाउने शेखर सापकोटाका सपनाहरूमा

ग्रहण लागेपछी

सुजन सापकोटाहरुले बिद्रोहको रांको बाल्नु परेको हो

सुनिल कुमालहरुले मुठी उठाउनु परेको हो

प्रकाश बास्तोलाहरुले आगो झोस्नु परेको हो।

ओ सरकार हामी निराश छैनौं

बैज्ञानिक समाजबाद ल्याएरै छाडछौ।

You can share this post!