युवा संगठन नेपाल स्याङ्जाकाे जिल्ला भेला सम्पन्न

स्याङ्जा – नेपाल कम्युनिष्ट पार्टीकाे सहायक संगठन युवा संगठन नेपालले वालिङ् नगरपालिका को बायखोला स्थित सहिद स्मृति भवन मा आफ्नो भेला सम्पन्न गरेको हो। युवा संगठन स्याङ्जा आयोजक कमिटी का सम्योजक कम्रेड मक्कन गुरुङ को अध्यक्षता मा संचालक भएको उक्त कार्यक्रम को प्रमुख अथिती गण्डक ब्युरो सदस्य कम्रेड रुपेश ले गर्नु भएको थियो ।

त्यस्तै अथिती को रूपमा नेपाल कम्युनिस्ट पार्टी का स्याङ्जा जिल्ला इन्चार्ज क. रुबेल,युवा संगठन नेपाल गण्डक ब्यूरो इन्चार्ज बिजय,नेपाल कम्युनिस्ट पार्टी स्याङ्जा सेक्रेटरी क. सागर,जनपत्रकार संगठन स्याङ्जा का सम्योजक सुदिप भट्टराई लगायत महान जनयुद्ध को क्रम मा स्याङ्जा जिल्ला बाट सहिद हुनु भएका महान सहिद तथा बेपत्ता योद्धा का परिवार जन को समेत उपस्थिति रहेको थियो। उक्त भेला लाई सम्बोधन गर्दै प्रमुख अथिती रुपेश ले नेपाल मा सम्सदिय ब्यवस्था पुर्ण रुपमा असफल भएको भन्दै अब नेपाल मा बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्नु पर्ने भएको र त्यसको निमित्त नेपाल का सम्पुर्ण प्रगतिशील युवा हरु को महत्त्व भुमिका रहने हुँदा सम्पुर्ण युवाहरूलाई यस संगठन मा आबद्ध रहेर बैज्ञानिक समाजबाद को बाटाे लामबद्ध भएर अगाडि बढन आग्रह गर्नु भएको थियो।

त्यस्तै उक्त भेला मा क.रुबेल,क.बिजय,क.सागर लगायत ले आफ्नो महत्त्वपुर्ण मन्तव्य राख्नु भएको थियो। उक्त भेलाले मक्कन गुरुङ को नेतृत्व मा १३ सदस्यीय जिल्ला कमिटि समेत घोषणा गरेको छ। कार्यक्रम को संचालन अखिल क्रान्तिकारी स्याङ्जा का संयोजक अमृत ले गर्नु भएको थियोे ।

No description available.

You can share this post!