टी – २० मा नेपालको अहिलेसम्मकै कीर्तिमानी जीत

काठमाडाै – त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।   शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो । ५ डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो । २३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड १७ ओभर २ बलमा सबै विकेट गुमाउँदै ९६ रनमा समेटियो । ब्याटिङमा नेदरल्याण्डका दुई खेलाडी रन आउट भए भने २ विकेट कमल ऐरीले लिए ।  यस्तै करण केसीले  ३ विकेट लिए भने सन्दीप लामिछानेले पनि २ विकेट लिए । यसैगरी अविनाश बोहोराले १ विकेट लिए । 

You can share this post!