पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौं रेजर्सलाई

काठमाडाै – पहिलो संस्करणको नेपाल सुपर लिगको उपाधि काठमाण्डु रेजर्स एफसीले जितेको छ। दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनलमा धनगढी एफसीलाई १–० ले  पराजित गर्दै काठमाण्डु रेजर्सले उपाधि जितेकाे हाे । जितसँगै काठमाण्डुले  कीर्तिमान ३५ लाख रुपैंया प्राप्त गरेकाे छ ।

काठमाण्डुको जितमा विदेशी खेलाडी मैसोके ओलुमोउलेले एकमात्रै निर्णायक गोल गरे। प्रतियोगितामा यो दुई टिमबीचको तेस्रो भेट हो र यसक्रममा काठमाडौंले बेहोरेका दुई हारको बदला पनि लिएको छ । प्रतियोगिताको पहिलो उद्घाटन खेलमा काठमाण्डुले जितसँगै सुरुआत गरेको थियो र अन्तिम खेलमा उसकै जितसँगै प्रतियोगिता टुंगेको छ । लिग चरणको समाप्तीमा काठमाण्डु शीर्ष स्थानमा रहेको थियो ।

यसअघि लिग चरणमा धनगढीले काठमाण्डुलाई ३-० ले पराजित गरेको थियो भने पहिलो क्वालिफायरमा धनगढीले एक गोलले पछि परेको स्थिति उल्टाउँदै काठमाण्डुलाई २–१ ले हराएको थियो ।

You can share this post!