नेपालमा काेराेना संक्रमण दर १९ प्रतिशत पुग्याे

काठमाडाै – कोरोना संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९६ अर्थात १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ बुधबार संक्रमणदर १२.७२, बिहीबार १२.८६,  र शुक्रबार १४.६१ प्रतिशत थियो ।  । समाचारमा संक्रमण सबैभन्दा धेरै २०–४० वर्ष उमेर समूहमा देखिएको पनि उल्लेख छ ।

You can share this post!