प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बालुवाटारमा बैठक बोलाएको जानकारी दिए। थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धेरै समयपछि आफूलाई प्रधानमन्‍त्री ओलीको फोन आएको बताए।

‘मलाई थाहाँ छैन यो राम्रो हो कि नराम्रो हो ? म यहाँ बस्दै गर्दा प्रधानमन्त्रीको फोन आयो। धेरै समयमपछि फोन आएको छ।’ प्रधानमन्त्री ओलीको फोन आएपछि लामो समय भाषण नगरी दाहाल कार्यक्रमस्थलबाट निस्केका छन्। संसदको हिउँदे अधिवेशन पनि अन्त्य गर्नुपर्ने बेला भएकाले सवै दलसँग छलफल गर्न लागिएको हो। प्रचण्डलाई पनि यही सिलसिलामा फोन गरिएको सल्लाहकार थापाले बताए। उनले भने, ‘प्रधानमन्त्रीले प्रचण्डलाई पनि सर्वदलीय बैठकको निम्तो दिन फोन गर्नुभएको हो।’

You can share this post!