फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडाै – बजारमा फेरि अर्को इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधाराणको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्ने आईपीओको लागि रेटिङ समेत सम्पन्न भएको छ ।

यस आइपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबीबी” माइनस अर्थात ट्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्नीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

यता, कम्पनीले हालसम्म पनि ६० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न धितोपत्र बोर्डमा भने आवेदन दिइसकेको छैन । कम्पनीले बोर्डमा आवेदन दिएर अनुमति पाएपछि मात्र आईपीओ निष्कासन हुनेछ । हाल यस इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । बिमा समितिले तोकेको न्यूनतम २ अर्ब चुक्ता पुँजी पुर्याउन कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।

You can share this post!