दाेलखा दुर्घटनामा ४ काे मृत्यु, १८ घाइते

काठमाडौं – दोलखाको बिगु गाउँपालिकामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने वडा अध्यक्षसहित १८ जना घाइते भएका छन्। गाउँपालिकाको वडा नम्बर ४ लादुक स्थित चार गोलाइमा प्रदेश नं ३–०१–२३ च ७५८० नम्बरको  गाडी राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा विगु गाउँपालिका वडा नम्बर ३ वुलुङका ३५ वर्षीया विनोद केसी, ४५ वर्षीया अजिता खत्री र विगु गाउँपालिकाकै ५२ वर्षीय राधा खड्का र २४ वर्षीया चण्डीका थापाको मृत्यु भएको छ।

दुर्घटना परि वडा नम्बर ३ का वडा अध्यक्ष ४२ वर्षीय श्रीराम खड्का गम्भीर घाइते भएका छन्। उनको  ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए।  सामान्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र सिंगटी, रोल्वालीङ अस्पताल सिंगटी, दोलखा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरुलाई काठमाडौं स्थित ट्रमा सेन्टरमा उपचारका लागि पठाइएको छ।

सिन्धुपाल्चोकको तातोपानीमा नुहाउन गएकाहरु घर फर्कने क्रममा गाउँ नजिकै सोमबार राति दुर्घटनामा परेको थियो। उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना राति नै घटनास्थल पुगेका थिए। सिंगल क्याबिन भएको सामान ढुवानी गर्ने गाडीमा यात्रा गरेकाले बढि मानवीय क्षति भएको हुनसक्ने आँकलन गरिएको छ। मृतकहरुको सब  चरिकोटस्थित चरिकोट अस्पतालमा राखिएको छ। 

You can share this post!