बढ्याे एकसिंगे गैडाकाे संख्या

काठमाडाै – दुर्लभ एकसिङ्गे गैँडाको संख्या नेपालमा बढेर ७ सय ५२ पुगेको छ । २०१५ मा गरिएको गणनादेखि हालसम्म नेपालमा १ सय सात नयाँ गैँडा थपिएका छन् । यसअघि २०१५ मा ६ सय ४५ थिए । चितवन राष्ट्रिय निकुन्जमा सबैभन्दा बढी ६९४ पुगेको छ । त्यस्तै बर्दिया राष्ट्रिय निकुन्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा १७ र पर्सा राष्ट्रिय निकुन्जमा ३ वटा छन् ।

वन तथा वातावरण मन्त्रालयको तर्फबाट मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले गैँडाको संख्या सार्वजनिक गरेका हुन् । सौराहामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । गैँडाको संख्या वृद्धिले संरक्षणको लगानी खेर नगएको ओलीले बताए । चैत्र ९ गतेदेखि थालिएको गणना चैत्र २७ गते सम्पन्न भएको हो ।

You can share this post!