गाउँ सहरमा अन्नको हाहाकार देखिन्छ

✍️गजल

अन्जु भण्डारी

गाउँ सहरमा अन्नको हाहाकार देखिन्छ

उर्वर भूमिमा घडेरीको व्यापार देखिन्छ

ए सरकार ! एमसीसी फिर्ता गरिहाल

यसमा देशको जीत हैन हार देखिन्छ

देश विकासले गति कसरी लिन्छ यहाँ

युवा शक्ति सबै साउदी-कतार देखिन्छ

अरूको के कुरा समाजवादी होैं भन्नेमै

लुटेरा दलाल पुँजीवादी खार देखिन्छ

बुझ्नुस् ! यो सडेको सत्ता नढल्दासम्म

राष्ट्रघात र जनघात बारम्बार देखिन्छ

You can share this post!