भाकपा (माओवादी) द्धारा भारत बन्दको आह्वान

एजेन्सी । भारतमा लामो समयदेखि भारतीय सत्ताका विरुद्ध सं’घर्ष गर्दै आएको भाकपा (माओवादी)को केन्द्रीय कमिटिले अप्रिल २६ मा भारत बन्दको आह्वान गरेको छ । जनताको आन्दोलनमाथि भारतीय सरकारले गरेको दमन र धरपकडको विरोधमा बन्दको आव्हान गरिएको सोमबार दक्षिण उप प्रान्तीय ब्यूरोले जारी गरेको सार्वजनिक प्रेस वक्तवयमा उल्लेख गरिएको छ । वक्तव्यमा बन्द सफल पार्न आम जनसमुदायलाई अपिल समेत गरिएको छ ।

अप्रिल १ देखि २५ सम्म जनताको पक्षमा भएका सबै आन्दोलनहरुलाई संगठित गर्ने उद्देश्य समेत लिएको जनाइएको छ ।वक्तव्यमा पारा मिलिटरी, छत्तिगढ पुलिस र इन्डियन जवानहरुलाई माओवादी विरुद्धको अपरेशन‘प्रहार’मा सहभागि नहुन अपिल समेत गरिएको छ ।

वक्तव्यमा ‘समाधान प्रहार’को नाममा सञ्चालन गरिएको अप्रेशनलाई निस्तेज तुल्याउन बरु सुरक्षा फौजको जागिर छाडेर जनताको आन्दोलनमा सहभागि हुन र समर्थन गर्न समेत अपिल गरिएको छ ।विज्ञप्तिमा भनिएको छ, पुलिस सेनाका अधिकारीहरुले पदोन्नती र इनामको लोभमा सरकारको इशारा र निर्देशनमा क्रा’न्तिकारी कार्यकर्ताहरुको ह’त्या गर्ने गरेका छन् ।

विज्ञप्तिमा चार महिनादेखिको किसान आन्दोलनमा ३०० बढी किसानहरुले जीवन बलिदान दिए पनि सरकारले किसान विरोधी कानुन खारेज वा संशोधन नगरेको भन्दै किसानहरुको आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको समेत जनाइएको छ ।

You can share this post!