विद्यालय लगायत भिडभाड हुने क्षेत्र बन्द गर्न मन्त्रालयको सिफारिस

काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणको जोखिम बढेकाले बिद्यालय लगायत भिडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ ।

छिमेकी देश भारतमा कोरोनाको दोस्रो चरण फैलिरहेको छ । नेपालमा पनि त्यसको जोखिम बढेको र समयमै सजकता नअपनाए अवस्था थप भयावह हुन सक्ने बताईरहेका छन् ।

केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You can share this post!