युवा संगठन नेपाल बन्दिपुरको भेला सम्पन्न

तनहु – युवा संगठन नेपाल गण्डक ब्युरो अन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको पालिका स्तरिय भेला  सम्पन्न भएको छ । रोहितको नेतितृवमा १९ सदस्यीय कमिटी चयन गर्दै भेला सम्पन्न भयको हो ।  कार्यक्रममा जिल्ला ईन्चार्ज निशान,युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा गण्डक धौलागिरी ब्युरो ईन्चार्ज बिजयकुमार र युवा संगठन नेपालका केन्द्रीय सदस्य नेत्रको उपस्थिती रहेको थियो ।

भेलामा उपस्थित युवाहरु लाई प्रशिक्षित पार्दै संगठनका गण्डक , धौलागिरी ब्युरो ईन्चार्ज बिजयकुमारले बर्तमान दलाल पुजीवादी संसदीय ब्यवस्थाले दक्ष युवा जनशक्तिलाई बिदेशका गल्लि गल्तीमा बस्तुको भाउमा बेचेर मरुभुमीमा मर्नु न बाच्नु बनायर उनिहरुकै रगत पसिना मार्फत आर्जित रिमिट्यान्स लाई समेत दुरुपयोग गरेर . दलालहरुले मुलुकमा रजाई गरिरहेको बतायका छन् ।

यो सबै क्राईसेस तोड्नको निमित्त सबै युवाहरु एकीकृत जनक्रान्तिको झन्डा मुनि गोलबन्द भयर एक चोटी गर्जिने बेला आयको बतायका छन् । कार्यक्रममा जिल्ला ईन्चार्ज  निशानले पटक पटक असफल शिद्द दलाल पुजीवादी संसदीय ब्यवस्थाको यो मुलुकमा खैरियत र भबिश्य नभयकोले  यो ब्यवस्था लाई जरैबाट उखलेर युवाहरुको भाग्य र भबिश्य निर्धारण गर्ने एड्भान्स खालको ब्यवस्था बैज्ञानिक समाजबाद स्थापनाको बिकल्प नरहेको बताएका छन ।

You can share this post!