रेडपाण्डाको छालासहित एक युवक पक्राउ

काठमाडौँ – प्रहरीले ३ वटा रेड पाण्डाको छालासहित एक युवकलाई पक्राउ गरेको छ । आइतबार अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पाँचथर घर भएका २८ वर्षीय सन्देश लिम्बुलाई पक्राउ गरेको हो ।

पाँचथरको नागी गाउँपालिका–१ का सन्देशले बेच्नका लागी बोकेर हिँडेको ६ थान रेड पाण्डाको छाला प्रहरीले बरामद गरेको छ । उनलाई बुढानिलकण्ठ नगरपालिका–६ स्थित गोर्खाली पुलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जले पाण्डा कारोबारबारे अनुसन्धान गरिरहेको छ ।

You can share this post!