नेकपा उपत्यका विशेष व्युराेकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडाै – नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तिको विकसित संघर्षको स्वरुप राजनैतिक अवस्थाको परिणाम सरकारसंगको ३ बुँदे सहमति भएको बताएका छन् । पार्टीका काठमाडौं उपत्यका ब्यूरोस्तरीय कार्यकर्तालाई प्रशिक्षण दिदैँ बिहिवार प्रवक्ता प्रकाण्डले भने, ‘ मुलुकको जटिल राजनीतिक परिस्थिती संकटको अग्रगामी निकास र जनचाहना अनुरुपको निकासका निम्ति पार्टीले अबलम्वन गरेको नयाँ नीति अनुसार सरकारसंग वार्ता र सहमति भएको हो ।’

प्रवक्ता प्रकाण्डले राष्ट्रिय मुक्ति र जनमुक्तिको लागि जनक्रान्तिमा इमान्दारितापूर्वक लामबद्ध हुन कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘संसदीय व्यवस्थाले उत्पन्न गरेको समस्यालाई नेकपाले अग्रगामी समाधान दिन्छ ।’  प्रकाण्डले जनताको अपेक्षा पूरा गर्न पार्टीले राष्ट्रिय राजनीतिको मुख्य जिम्मेवारी काँधमा लिनुपर्ने अवस्था सिर्जना भएको बताए । 

प्रशिक्षण कार्यक्रममा नेकपाका सल्लाहकार समितिका अध्यक्ष असारे काका एकिकृत जनक्रान्तिको घाइते योद्धा सुरेद्र महर्जनले पनि परिवर्तित राजनैतिक अवस्था र पार्टीको जिम्मेवारीबारे आ–आफ्नो धारणा राखेका थिए । नेकपाका उपतयका इन्चार्ज मिलनको अध्यक्षतामा सम्पनन कार्यक्रममा नेकपा काठमाडौं इन्चार्ज शरद रसाईलीको स्वागत र नेकपा नुवाकोट इन्चार्ज सविता तामाङले सञ्चालन गरेकी थिइन् । 

You can share this post!