१९ चैत्र, काठमाँडौ। इक्साना नेपाल नामक गैर सरकारी सँस्थाले चैत्र १७ गते तारकेश्वर न. पा. ४ पर्नेलोलाङको एक वालगृहमा पोषणयुक्त खाद्यन वितरण गरेकोछ। १७ जना दृश्टि विहिन वालवालिका रहेको उक्त वालगृहमा पोषणयुक्त खानाको अभाव देखेपछि इक्साना नेपालका सदस्यहरुको आर्थिक सहयोगमा
अण्डा, च्यवनप्रास, चिउरा, घ्यु, चाउचाउ आदि वितरण गरिएको हो। खाद्यन वितरण कार्यक्रममा बोल्दै इक्साना नेपालका अध्यक्ष प्रभात पौडेलले यस्ता कार्यक्रमहरु सँस्थाले स्थापनाकाल देखिनै गर्दै आएको बताउनु भयो।
यसैगरि इक्साना नेपालका सल्लाहाकार तथा समाजसेवी नारायण रेग्मीले पोषणयुक्त आहार खान पाउनु वालवालिकाको नैसर्गिक अधिकार रहेको बताउनु भयो भने वालगृहका विनोद काफ्लेले सबैलाई धन्यवाद दिनुभयो।