तिनबुदे सहमति,प्रतिबन्ध फुकुवा र गिरप्तार

तुफान सिंह कालिकोटे

तिनबुदे सहमति पछि नेकपा माथिको धरपकट् गिरफ्तार पक्राउ पुर्जिले सरकार प्रतिको ईमानदारिता माथी गम्भीर प्रशन चिन्ह खडा गरिदिएको छ । मलाई लाग्छ नुन देखायर बाख्रालाई छोप्ने रणनीति सरकारले बनाएको बुझिन्छ कामरेड हरु ३ बुदे सहमति लगत्तै केहि दिनमै प्रक्रिया पुगाएर विभिन्न अबस्थामा गिरफ्तार गरि बन्दी जिबन बिताई रहेका निर्दोष नेता कार्यकर्ताहरु माथिको झुट्टा मुद्दा खारेज गर्दै छोड्ने कागजी सहमति त भयो ।

तर सरकार भने बिस्तारै सहमतिको अनैतिक कार्य गर्न चाहन्छ।  प्रतिबन्ध भन्ने बुझ्न सकिन्छ केपि ओलिले राजनीतिमा आएको केही फेरबदल र प्रस्तिथिको एउटा् फाईदा आफुले लियको देखिन्छ । देखाउने र चबाउने दात फरक छ ओलिको बिश्वास गर्ने कुनै ठाँउ देखिदैन तैपनी राजनीति हो विभिन्न समयमा आउने उताब चाड्ले प्रस्तिथिको सामना गर्न एउटा् मोडमा राज्य संघ बार्ता गरि आफ्नो एजेन्डाहरुमाथी छलफल बसह गरि खुल्ला राजनीतिमा आउनै पर्छ ।

ढिलोचाडो त्यो नेकपा पनि आउन चाह्यो र ३ बुदे सहमति पछि फाल्गुन २१ गते सरकारको तर्फबाट तत्कालीन प्रधानमन्त्री केपि सर्मा ओलि गृहमन्त्री राम बहादुर थापा नेकपा महासचिव बिप्लव बार्ता समिति सयोजक तथा पार्टी प्रबक्ता प्रकाण्ड दिपक चलाउने एउटै मञ्चबाट सार्बजनिक भएको केही दिन नपुग्दै सरकारले गरेको यो निन्दनीय हर्दत हो एकातिर ३ बुदे सहमतिको प्रचार अर्को तिर भित्र भित्र पुन गिरफ्तारले राज्यआफैमा के चाहन्छ भन्ने कुरा राम्रोसँग बुझ्न सकिन्छ ।

फेरिपनी भित्र एउटा् खालको नेकपा माथिको प्रतिबन्धलाई तत्काल निरन्तर नै राख्नु पर्छ भन्ने बहस् भएको बुझिन्छ नत्र बिस्तारै सबै नेताकार्यकर्तालाई छोड्ने सहमतिको पालना नगर्नुले राम्रोसँग अबगत गराएको छ । सरकार ईमानदार बन्न सकेन अब के चाहन्छ तपाईं हामिले बुझ्न जरुरी छ ।  होसियारि पनि उत्तिकै जतिबेला पनि यो कथित कम्युनिस्ट सरकारले हाम्रो नेताहरुलाई तुरुन्तै गिरफ्तार गर्ने सर्कुलर गर्न सक्छ बिश्वास गर्ने कुनै आधार देखिदैन पछिल्लो गतिविधिले ।

खुल्ला राजनीतिमा आए लगत्तैको हाम्रो पार्टी प्रतिको जनताको क्रेज र देसैभरी विभिन्न खुल्ला राजनीति बहस र अभियान भेलाले केहि मान्छेहरु आत्तियर फेरि जालझेल सडेन्त्र भैरहेको छ । हामी हिजो पनि जनताकै घरदैलोमा थियौ आज पनि भोलि पनि जनता सगनै हुन्छौं सरकार ईमानदार बन्न पर्छ । आफ्नो तर्फबाट होईन भने सरकार प्रतीको बितृणाले नेताहरु आगो बन्न तयार छन । आत्मसमर्पण होईन जबर्जस्त कसैले यो सपना देख्नु गलत छ हामीले हिजो पनि युद्धको घोषणा गरेका थियनौ ।आज पनि यो छैन,

हामि त शान्तिपूर्ण ढंगले जनताको माग पुरा गर्न यो सरकार सग अपिल गर्दै गर्दा सरकार आफै यावबकुब बन्नुले प्रस्तिथिमा केही फेरबदल नहोला भन्न सकिदैन तपाईं हामिसबैलाई थाहा भएकै कुरा हो दमनले बिद्रोह जन्माउछ  ।

You can share this post!