झापामा कोरोनाले एक महिलाको मृत्यु

काठमाडाै – झापामा थप एक जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु भएको छ ।  झापाको कन्काई नगरपालिका– ३ सुरूङ्गामा कोरोनाका कारण एक महिलाको मृत्युु भएको हो ।  ३९  वर्षीया महिलाको कोरोनाका कारण बिहीबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । 

विर्तामोडस्थित बिएण्डसी अस्पतालमा बिहान ४ बजे उनको ज्यान गएको हो । १० दिन अघि मात्र ती महिला भारतबाट घर फर्किएकी थिइन् । 

You can share this post!