काठमाडाै – नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल जिल्ला समिति रुकुम पश्चिमको बैठक सम्पन्न भएको छ । बुधबार, मुसिकोट नगरपालिकामा सम्पन्न स्थित आफ्नै पार्टी कार्यालयमा संगठनका जिल्ला सम्मेलन आयोजक समिति संयोजक लोकेन्द्रको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।
बैठकलाई प्रशिक्षण दिदै पार्टीका जिल्ला इन्चार्ज चन्द्र बुढाले पार्टीको तत्कालीन कार्यनीति, एकीकृत जनक्रान्तीको दृढ कार्यान्वयन र वर्तमान परिवेशमा युवा संगठनको भुमिका सबैभन्दा अग्रणी रहने बताए। युवाहरू समाजको अन्याय, अत्याचार, शोषण, दमन, उत्पिडन, कुसंस्कार, बिभेद, असमानता, असभ्यता , जुवातास , तस्करी , महंगी लगायतका सबै प्रकारका सामाजिक, आर्थिक, साँस्कृतिक तथा सामाजिक क्षेत्रमा रहेका विकृति र विसङ्गतीका विरुद्ध आम श्रमजीवी र उत्पीडित युवाहरूलाई एकतावद्व गर्दै संघर्ष गर्नुपर्नेमा उनको जोड थियो ।
साथै वर्तमान दुनियाँलाई नेतृत्व प्रदान गर्नको निम्ति युवाहरूले अग्रगामी सोच र चिन्तन राख्नुपर्ने अन्यथा प्रतिगामी सोच, चिन्तन र प्रवृत्तिले जनताको बीचमा प्रतिक्रान्ती लादिराख्ने र पुरानै असफल दलाल पुजीवादी व्यवस्था र नेतृत्व मार्फत राष्ट्र र जनता लाई शोषण र लुट मच्चाइराख्ने भएकोले एकीकृत जनक्रान्तिमा लामबद्व युवा संगठन नेपालका सम्पुर्ण यौद्वाहरु इमानदार, प्रतिबद्ध , अग्रगामी र क्रान्तिकारी सोच र व्यवहार बाट प्रज्वलित हुन निर्देशित र प्रशिक्षित गरेको अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष प्रेमप्रशान्त बोहराले जानकारी दिए।
पार्टीका जिल्ला इन्चार्ज चन्द्र बहादुर बुढाको प्रमुख आथित्यतामा भएको बैठकमा अखिल(क्रान्तिकारी) जिल्ला समिति रुकुम(पश्चिम) का अध्यक्ष प्रेम प्रशान्त बोहरा ,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य टेकबहादुर पाण्डे, अखिल (क्रान्तिकारी) का जिल्ला उपाध्यक्ष क.सोम्पाल कामी, सह- सचिव प्रकाश विक र कोषाध्यक्ष क. धनु ओलीको आथित्यता रहेको थियो।
बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय लिइएको र बैठकका निर्णय वक्तव्य मार्फत जानकारी गराइने बताइएको छ।