चितवन मेडिकल कलेजमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण

काठमाडाै – चितवन मेडिकल कलेजले पहिलोपटक कलेजोको सफल पत्यारोपण गरेको छ ।मेडिकल कलेजले आज बिहान पत्रकार सम्मेलन गर्दै भरतपुर महानगरपालिका–१० निवासी ५४ वर्षकी धनकुमारी लामाको १२ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको जानकारी दिएको हो । यो उपत्यकाबाहिर गरिएको पहिलो कलेजो प्रत्यारोपण हो ।

धनकुमारीलाई ३४ वर्षीया छोरी उषा तामाङले कलेजो दिएकी हुन् । बिग्रिएको कलेजोलाई पुनर्जीवन दिन बिरामीकी छोरी उषाको शरीरमा असर नपर्ने गरी आवश्यक कलेजोको मात्रा निकालेर प्रत्यारोपण गरिएको प्रत्यारोपणमा संलग्न चिकित्सक बताएका छन् । हाल कलेजो ग्रहण गर्ने आमा र कलेजो दान गर्ने छोरी दुवैको स्वास्थ्य सुधारोन्मुख रहेको कलेजले जनाएको छ ।

You can share this post!