परिस्थिति हेरेर लकडाउन गर्न सकिने सरकारकाे धारणा

काठमाडाै– सरकारले परिस्थिति हेरेर लकडाउन गरिने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोरोना संक्रमित उच्च भएमा परिस्थिति हेरेर लकडाउन गरिने बताएका हुन् ।

‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ उनले भने, ‘संक्रमित संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’ चैत १५ र १६ गते मनाइने फागू पर्व (होली)लाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । अहिले नेपालमा ११८३ सक्रिय संक्रमित छन् ।

You can share this post!