विप्लव र प्रधानमन्त्री बीच भेटवार्ता के भयाे कुरा ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेट तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको बताइएको छ ।

विप्लवनिकट स्रोतका अनुसार भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशः बन्दी रिहा हुने जानकारी गराउनुभएको थियो । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी हुनुहुन्थ्यो । यसअघि तीन बुँदे सहमति पत्रमा हस्ताक्षर हुने दिन बिहान प्रधानमन्त्री र विप्लवबीच बालुवाटारमा भेट भएको थियो ।

फागुन २१ मा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा क्रमशः बन्दी रिहाइ गर्ने उल्लेख छ । तर, सहमति अनुसार बन्दी रिहाइमा विलम्ब भएको भन्दै विप्लव प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुग्नुभएको थियो ।

You can share this post!