अाज महाशिवरात्री पर्व मनाइयाे

काठमाडाै – फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइएको छ । सनातन हिन्दु धर्मावलम्बीहरूले आज बिहानैदेखि विभिन्न शिवालय मन्दिरमा श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्ने गरेका छन् । काठमाडौंको पाशुपत क्षेत्र सहित भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा दिनभर भक्तजनहरुको घुइचो रह्यो ।

त्यस्तै, नेपालकै प्रसिद्ध पाल्पाको सिद्धबाबा मन्दिरमा, मध्यरातिदेखि मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरुको घुंईचोले बुटवल पाल्पा अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा ट्राफिक जाम समेत भएको थियो । नेपालको दोश्रो पशुपतिनाथ र एशियाको सबै भन्दा ठूलो शिव लिङ्ग मानिएको कपिलवस्तुको तौलिहवा स्थित तौलेश्वर महादेवको मंदिरमा पनि हजारौको संख्यामा जल चढाउने भक्तालु दर्शनार्थीहरुको घुईचो लागेको थियो । वीरगंजको अलखिया मठ मन्दिर लगायत पर्साका अन्य शिवका स्थानमा दर्शनार्थीको वाक्लो उपस्थिती थियो ।

You can share this post!