रक्षामन्त्रीसहित महासचिवको प्रस्ताव मान्लान त विप्लवले ?

दुई वर्षपछि प्रतिवन्धमुक्त भएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग सरकारले तीन बुँदे सहमती गरेकोछ । सहमतीसँगै सरकारले विप्लवलाई सरकारमा लाने गरीको अफर गरेको छ । रक्षा मन्त्रालयको जिम्मासँगै पार्टीको महासचिव समेत दिने तयारी गरेको स्रोतले जनाएको छ । के विप्लवले यो प्रस्ताव मान्लान र सरकारमा जालान भन्ने सबैमा प्रश्नकाे विषय बनेको छ । 

तीन बुँदे सहमतिमा प्रतिवन्ध फुकुवा गर्ने, शानि्तपूर्ण राजनितीमा आउने, राजबन्दीहरुलाई थुनामुक्त गर्ने मुद्दा फिर्ता गर्ने लगायतका बुँदाहरु छन् । यो सँगै विप्लवलाई समेत ओली नेतृत्वको सरकारमा सहभागि गराएर रक्षामन्त्रीको प्रस्ताव भएको स्रोतले बताएको छ । रक्षामन्त्रालय सहित पार्टीमा महासचिवका लागि प्रस्ताव गरिएपनि अहिलेसम्म विप्लवको धारणा भने सार्वजनिक भएको छैन् । 

प्रतिवन्ध फुकुवापछि विप्लवले सरकारमा सहभागि भएर ओली नेतृत्वको नेकपासँग एकता गर्लान वा सरकारबाहिर रहेर शानि्तपूर्ण राजनिती अगाडी बढाउलान भन्ने विषय यो अझै सार्वजनिक भएको छैन ।  

विप्लव निकट स्रोतका अनुसार उनी सरकारमा जानुभन्दा पनि प्रतिवन्ध फुकुवापछि मोहन वैद्य, आहुति र ऋषिराम कट्टेल समेतको मोर्चा बनाएर आफ्ना पार्टीबाटै कार्यक्रमहरु र गतिविधिहरु अगाडी बढाउने तयारीमा रहेका छन् ।

चारै पार्टीको मोर्चालाई एक राजनीतिक पार्टीको रुप दिएर वैद्यको नेतृत्वमा राजनितीक गतिविधि अगाडी बढाउने तयारी भइरहेको बुझिएको छ । सो पार्टीमा विप्लव दोस्रो वरियतासहित महासचिवको जिम्मेवारीमा रहनेछन् ।

Source:NepalNews

You can share this post!