नेकपा माथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले विप्लव नेतृत्वको नेकपा माथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विहान सरकारी वार्ता टोली र विप्लव नेतृत्वको नेकपा बीच भएको तीनबुँदे सहमति अनुमोदन समेत गरेको छ ।

‘हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता व्यक्त गरेकाले प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको छ’ एक मन्त्रीले भने, ‘दुबै वार्ता टोलीबीच भएको सहमति पनि अनुमोदन गरेका छौं ।’

You can share this post!