नेपाली कांग्रेस द्वारा रामारोशनमा शौचालय निर्माण

अछाम, शौचालय नहुदा लामो समय देखि समस्या मा रहेको प्रहरी चौकी शान्तडाका लागि नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अछाम द्वारा शौचालय निर्माण गरिदिएको छ। प्रहरी चौकी शान्तडाले शौचालय निर्माणका लागि सबै निकाय संग सहयोगको लागि माग गर्दा पनि कुनै ठाउँ बाट सहयोग नभएपछि नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले शौचालय निर्माण गरेको हो।

लामो समय देखि प्रहरी चौकीमा शौचालय नहुदा प्रहरी र सेवा लिन आउने जनताको समस्या लाई ध्यानमा राखि कांग्रेसले शौचालय बनाइदिएको कांग्रेस नेता दल बहादुर साउद ले बताउनु भएको छ।

करिब तीस हजारको लागतमा शौचालयको सबै कार्य सम्पन्न भएपछि आज एक कार्यक्रमका बिच शौचालय को चावी नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार रावलले प्रहरी चौकी शान्तडाका इन्चार्ज गोविन्द माझी लाई हस्तान्तरण गर्नु भएको छ।

हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द्र विक कांग्रेस युवा नेता पुष्प बिष्ट दल बहादुर साउद नेपाली कांग्रेस रामारोशन गाउँ पालिका वडा न ३ का सभापति अक्कल शाह तरुण दलका देविन्द्र साउद लगायतको सहभागीता रहेको थियो ।

You can share this post!