बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बाघको आक्रमणबाट कैलालीको गौरीगंगामा एक महिलाको मृत्यु भएको छ । नगरपालिका ५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणमा परि २५ वर्षीया कला धामीको ज्यान गएको डिभिजन वन कार्यालय कैलालीले जनाएको छ । आईतबार ३ बजे तिर पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएका बेला बाघले आक्रमण गरेको हो ।

यसअघि जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका करिब २७ वर्षीय दुर्गा चौधरीलाई शुक्रबार विहान बाघले आक्रमण गरि घाइते बनाएको थियो । सामुदायिक वनमा विवाहको लागि पात टिप्न गएका चौधरीलाई बाघले आक्रमण गरेको थियो ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट बाघ कैलाली भित्रिएको वनकर्मीले बताएका छन् । केही दिन यता त्यस क्षेत्रमा पाटे बाघ नियमित देखिनु र आक्रमण गर्ने क्रम बढे सँगै स्थानिय बासिन्दा त्रसित बनेका छन् ।

You can share this post!