कैलालीमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुर नगरपालिका–८ स्थित हुलाकी सडकखण्डमा बिहीबार राति पौने ११ बजेको समयमा भे १ ह ५४२ नम्बरको अटो रिक्सा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा परी घाइते भएका चालक बर्दियाको राजापुर बस्ने ४५ वर्षीय भागीराम चौधरीको मृत्यु भएको हो। टाउकोमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। अटो रिक्सामा अन्य व्यक्तिहरु भने सवार नरहेको बुझिएको छ।