१ किलो नक्कली सुन दिएर कसरी ठगे ५५ लाख

काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १६ बस्ने काभ्रे भुम्लु गाउँपालिका ५ घर भएका ३२ वर्षीय सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका ५ शान्तिटोल बस्नेहरु नुवाकोट किस्पाङ गाउँपालिका १ नुजेत घर भएका ४५ वर्षीय ऋषमान घले, किसपाङ गाउँपालिका १ घर भएका जित भन्ने ३५ वर्षीय मेख तामाङ, किसपाङ्ग गाउँपालिका १ घर भएका चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि १ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेका छन् ।

यही माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै उक्त रुपैयाँ ठगी गरेको भन्ने उजुरी पछि प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरुलाई महाशाखाले थप अनुसन्धान गरी कारवाही अघि बढाइ रहेको जनाएको छ। 

Source:NepalNews

You can share this post!