केटु चुचुरोमा पुर्याइएको झण्डा प्रधानमन्त्रीलाई हस्तान्तरण

नेपाली आरोही टोलीले पाकिस्तान स्थित विश्वको दोस्रो उच्च शिखर केटु हिमालको चुचुरोमा पुर्याएर ल्याइएको नेपाली राषि्ट्रय झण्डा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको छ । मिङमा ग्यावु शेर्पा सहितको आरोही टोलीले यस वर्ष शिशिर ऋतुमा केटु हिमालको पहिलो पटक आरोहण गरी विश्वकीर्तिमान कायम गरेका छन् । 

कीर्तिमानी आरोही र गाइडहरुलाई प्रधानमन्त्रीले वालुवाटारमा बोलाएर कदरपत्र प्रदान गरेको छ । प्रधानमन्त्री ओलीले नेपालीले गरेको शाहासिक काम अरुले गर्न नसक्ने भन्दै सबै आरोहीलाई धन्यवाद र शुभकामना समेत दिए । आरोही टोलीमा मिङ्गमा ग्याबु शेर्पा सहित निर्मल पुर्जा, मिङमा ग्याल्जेन शेर्पा, पेम्पाछिरी शेर्पा, दावा शेर्पा, ग्याल्जे शेर्पा, सोना शेर्पा, किली पेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र पेमछिरी शेर्पा छन् ।

Source:nepalnews

You can share this post!