अछाम – टिकाथली सेवा समाजको साधारण सभा सम्पन्न।

अछाम जिल्लाबाट काठ्माण्डौं आइ बसोबास गरि, विभिन्न पेशामा संलग्न अछामी दाजुभाइहरुको साझा संस्था अछाम-टिकाथलि सेवा समाज को मिति २०७७ साल मङ्सिर ६ गते शनिवारका दिन सम्पन्न साधारण सभाबाट अध्यक्ष पदमा निर्बिरोध रूपमा श्री लोकेन्द्र बहादुर साउदज्यू निर्बाचित हुनु भयको छ।

उहाँ एकीकृत रामारोशन बिकास एकीकृत रामारोशन विकास समाजका सल्लाहकार, नेपाल बिधुत प्राधिकरणका वरिष्ठ लेखा-अधिकृत, श्रम ज्योति सहकारी संस्थाका अध्यक्ष समेत हुनुहुन्छ। त्यसैगरी मान बहादुर साउदलाई उक्त साधारण सभाले समाजको सचिवको जिम्मेवारीमा पुनः चयन गरेको छ। उहाँ अनमोल आयुर्वेदिक प्रा.लि. का प्रबन्ध संचालक हुनुहुन्छ। नव गठित कार्यसमितिका पदाधिकारीहरु देहायबमोजिम हुनुहुन्छ।

१. लोकेन्द्र साउद               अध्यक्ष

२. दुर्गा भण्डारी                 उपाध्यक्ष

३. मान बहादुर साउद            सचिव

४. कृष्णराज जोशी              कोषाध्यक्ष

५. लोग बहादुर बोगटी          सदस्य

६. जयन्द्र स्वाँर               सदस्य

७. लक्ष्मी बिष्ट               सदस्य

८. कृष्ण बजगाँई              सदस्य

९. प्रेम रावल                 सदस्य

१०. ज्वाला शर्मा               सदस्य

५. गोबिन्द रावल               सदस्य

नव गठित कार्यसमितिका अध्यक्ष श्री लोकेन्द्र बहादुर साउदलाई तथा सम्पुर्ण पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना सहित सिङ्गो कार्य समितिलाइ हार्दिक बधाई ज्ञापन गरेको भनि अछाम – टिकाथली सेवा समाज ललितपुरका सचिव श्री मान बहादुर साउदले जानकारी गराउनुभयो। यस काईट मिडिया ग्रुप प्र.ली. तथा प्रा.ली. का अध्यक्ष श्री हेमराज साउदको तर्फबाट पनि बधाई तथा शुभकामना!

You can share this post!