उपाध्यक्ष रावलद्वारा कार्यालयमा तालाबन्दी ।

अछामको रामारोशन गाउँपालिकामा तालाबन्दी गरिएको छ। गाउपालिका उपाध्यक्ष सरस्वती रावलले गाउपालिका कार्यालयमा तालाबन्दी गरेकी छन्। एक बिज्ञाप्ति जारी गर्दै गाउपालिका उपाध्यक्ष सरस्वती रावल ले गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको सार्वजनिक गर्नु भएको हो।

स्थानीय सरकार संचालन ऐन ले प्रष्ट पारेको गाउपालिका उपाध्यक्ष का कर्तव्य र अधिकार तथा तानाशाहि ढंगबाट काम गरिएको कारण गाउपालिकामा तालाबन्दी गर्न बाध्य भएको उपाध्यक्ष रावल ले विज्ञप्ति मा उल्लेख गर्नु भएको छ। साथै कर्मचारी भर्ना तथा छनोटमा समेत अनियमिता गरिएको र योजना छनोटसमेत केन्द्रबाट लादिएको उनले आरोप लगाएकी छन्।

गाउँपालिका सरकारले गर्ने हरेक काम कारवाहीमा आन्तरिक तथा पार्टीमा पटक पटक छलफल हुँदासमेत कार्यशैली परिवर्तन नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको विज्ञप्ति मार्फत उल्लेख गरिएको छ। साथै गाउँपालिकाका अध्यक्ष झंकर साउद र उपाध्यक्ष सरस्वती रावल तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित हुन्। केही दिनअघि गाउपालिका सरकारले आर्थिक चलखेल बाट कर्मचारी भर्ना गरेको भन्दै प्रतिपक्षी नेपाली कांग्रेस ले पनि गाउपालिका मा प्रदर्शन गरेको थियो।

You can share this post!