देउवाको सचिवालयले भन्यो – रअका प्रमुखसँग भेट भएको छैन

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग देउवाको भेटवार्ता नभएको बताएको छ ।

रअका प्रमुख गोयल नेतृत्वको ९ सदस्यीय टोली बुधबार कूटनीतिक उडानबाट नेपाल आएका थिए । उनले नेताहरुलाई भेटेको चर्चा चलेपछि पूर्व प्रधानमन्त्री देउवका निजी स्वकीय सचिव भानु देउवाले रअ प्रमुखसँग कुनै भेटवार्ता नभएको प्रष्ट पारेका हुन् ।

सत्तारुढ नेेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो रअ प्रमुख गोयलसँग भेट नभएको प्रष्ट पारेका छन् ।

रअ प्रमुख गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने भेटेको पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बक्तव्य नै जारी गरेर रअ प्रमुख बुधबार बेलुका बालुवाटार आएको र भेटवार्ता भएको स्वीकार गरेका हुन् ।

onlinekhabar

You can share this post!