खकेन्द्र भण्डारी,

कैलालीको अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव आज भेटिएको छ । प्रहरी पोष्ट का इन्चार्ज गोविन्द बिक को शव भेटिएको ठाउँको करिब २०० मिटर टाढा साउदको शव भेटिएको हो । शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई बिक र जवान राम बहादुर साउद तस्कर समूहको निशानामा परेका थिए । बिकको शव मोहना नदीमा भेटिएको थियो । सम्पर्क बिहीन भएका जवान साउदको शव चार दिनपछि मंगलबार सोही ठाउँमा भेटिएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनीहरु सामूहिक आक्रमणमा परेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

You can share this post!