टीकापुरका २५ जनामा कोरोना पुष्टि।

खकेन्द्र भण्डारी,

कैलाली जिल्लाकोटीकापुर नगरपालिका मा २५ जनामा हिजो कोरोना पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा वडा नम्बर १ का ११ महिला र ८ पुरुष गरी १९ जना, वडा नम्बर ४ मा १ महिला र वडा नम्बर ५ कि १ महिला, वडा नम्बर ७ का १ पुरुष र वडा नम्बर ९ का १ पुरुष र वडा ८ की १ महिला र १ पुरुष गरी २ जनामा कोरोना पुष्टि भएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वलबहादुर रावलले जानकारी दिनुभयो ।

योसंगै टीकापुरमा कोरोना संक्रमित हुनेको संख्या २ सय ४४ पुगेको छ । संक्रमित मध्ये १ सय ९१ जना निको भएर घर फर्कीसकेको छन् । अन्य ५३ जना मात्र सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख रावलले बताउनुभयो ।

You can share this post!

Next article