धनगढी बिमानस्थलका सुरक्षाकर्मी उच्च जोखिममा!

२०७७ साल कार्तिक १ गते – सूदुरपश्चिम प्रदेशको राजधानी शहर कैलाली जिल्लाको धनगढीमा रहेको बिमानस्थल देशकै ब्यस्थ मध्यको एक रहेको छ। यस प्रदेशका ९ वटै जिल्लाका यात्रुहरुले प्रयोग गर्ने गरेको उक्त बिमानस्थल Covid-19 को उच्च जोखिमपुर्ण केन्द्र बन्न सक्ने अबस्था रहेसंगै सोहि अनुसारको सुरक्षा बिधि अपनाउनुपर्ने अबस्था रहेको छ। हवाई यात्रामा सतर्कता अपनाउने कार्यमा सहजिकरण हवाई कम्पनि तथा जहाजका कर्मचारीहरुले सहि तरिकाले गर्ने गरेता पनि सुरक्षा चेकजाँचमा संलग्न सुरक्षाकर्मिहरु भने कुनै पनि प्रबिधिको प्रयोगबिना हातैले यात्रुहरुका सामान चेकजाँच गर्न बाधय भएक छन।

यस बिमानस्थल सुरक्षामा प्रयोग गरिराखेको स्क्यानर मेसिन २०७६ साल चैत्र भन्दा अगाडी देखी बिग्रेको र देशमा लकडाउन शुरु भएपछी एक पटक प्राबिधिक कर्मचारीहरु आएको तर समस्या समाधान नगरी फर्केको पनि निकै दिन भईसक्यो।

हालसम्म मेसिन बनाउन कोहि पनि नआएपछी बाध्य भई यात्रुका सामानहरु हातैले अनुमानका भरमा सुरक्षा जाँच गर्न सुरक्षाकर्मीहरु विवस भएको भनि बताउनुहुन्छ प्रहरी नायब निरिक्षक ईन्द्र बोहोरा। आफुहरुले ब्यक्तिगत रुपमा मास्क, पञ्जा, स्यानिटाईजर लगायतका स्वास्थ्य सामग्रीरीहरु प्रयोग गरिरहेको तथा स्वास्थ्य सतर्कता अपनाउने गरेता पनि परिक्षणविना समेत यात्रुहरु उपस्थित हुनसक्ने तथा यात्रुका सामानहरु संक्रमित पनि हुन सक्ने अबस्थामा यसरी स्क्यानर मेसिनबिना हातैले सुरक्षा जाँचमा संलग्न हुँदा आफ्नो स्वास्थ्य अबस्था उच्च जोखिममा रहेको भनि बिमानस्थल सुरक्षामा संलग्न सबै सुरक्षाकर्मीहरु स्विकार्नुहुन्छ। साथै सम्बन्धित निकायले समयमै प्रबिधिमैत्रि बिमानस्थल र सुरक्षा चेकजाँचको ब्यबस्था गरि जोखिम न्युनिकरण गरिदिन भनि निज बोहरा लगायत सुरक्षाकर्मी अनुरोध गर्नुहुन्छ।

You can share this post!