उपमेयर द्वारा शिलालेखमा ढुङ्गा प्रहार ।

कैलालीको घोडाघोडी नगरपालिका मेयर ममता प्रसाद चौधरीले उद्घाटन गरेको वडा कार्यालयको भवनको शिलालेखमा उपमेयरले ढुंगा हानेकी छन् । शिलालेखमा आफ्नो नाम नदेखेपछि रिसाएकी उपमेयर प्रेमकुमारी थापाले ढुंगा हानेकी हुन् । कैलालीको तीन वटा वडाले आफ्नै भवन बनाएर उद्घाटन गरेका हुन् । वडा  ७, ५ र १२ ले भवन निर्माण गरेपछि मेयर चौधरीवाट उद्घाटन गरिएको थियो।

कार्यक्रममै विवाद सुरु भएको थियो ।  मेयर र उपमेयरबीचको बीवाद सबैका सामुन्ने छताछुल्ला भएको हो । मेयर चौधरीले वडा नम्बर ७ को भवन उदघाटन गरिरहँदा उपमयेर थापाले विरोध गरेकी हुन्। शिलालेखमा आफ्नो नाम नदेखेपछि उनले विरोध गरेकी हुन् ।

शिलालेखमा मेयर र वडा पदाधिकारीको मात्र नाम लेखीएको थियो। जानी-जानी उपमेयरको नाम छुटाइएको भन्दै उपमेयरले विरोध गर्दै शिलालेखमै ढुंगा हान्न पुगेकी हुन् । उनले मेयरविरुद्ध नाराबाजी पनि गरिन्। शिलालेख परिवर्तन गरेर आफ्नो नाम समावेश नगर्दासम्म वडा कार्यालय उद्घाटन गर्न नदिने भन्दै विरोध गरेपछि उपमेयरको नाम समेत लेख्ने सहमति भएको छ ।

उद्घाटन कार्यक्रममै विवाद भएपछि वडाध्यक्ष धनबहादुर बमले मेयर र उपमेयर दुबैलाई जान आग्रह गरे । उनले मेयरवाट पनि भवन उद्घाटन नगर्ने आफै उद्घाटन गर्ने भन्दै कार्यक्रमवाट दुवैजनालाई जान आग्रह गरेका थिए । तर उपमेयर थापा भने कार्यक्रमवाट जानु भएन ।

You can share this post!