कोभिड टिम देखि सामाजिक कार्य सम्म भरत यादव

बेनाम बादशाह झापा

समाजलाइ समुन्नत बनाउन तथा बिकासको लागि जनदवाव सिर्जना गर्न देखि हरेक क्षेत्रमा जनता सुसुचित भएर अनि नागरिक नै अघि बढेर काम गर्यो भने मात्र सम्भव हुने बताउनु हुने झापा अर्जुनधारा निवासि भरत यादव (ove) मतलब रगत को समस्या भए आफ्नो रगत समुह पनि आफ्नै नाम मा लेखेर सबैलाइ जनकारी गराउनु भएको छ । झापा अर्जुनधारा कोभिड टिम मा आवद्ध भएर क्वारेन्टिन मा ल्याउने लाने कार्यमा सहजिकरण गर्दै आउनु भएका यादव बिर्तामोड सरफाइ अभियान तथा अर्जुनधारा सरसफाइ अभियान का अभियन्ता समेत हुनुहुन्छ । हरेक हप्ता शनिवार बिर्तामोड बजार सरसफाइ गर्दै भेटिनु हुने यादव हरेक सोमबार अर्जुनधारा सरसफाइ टिम मा पनि देखिनु हुन्छ । कोभिड का कारण लकडाउन को समयमा क्वारेन्टिनमा बसेर टाढा टाढा जाने लाइ धेरै तिरको सहजिकरण गरेर गनतब्य सम्म पुर्याउने अधिकान्स जिम्मेवारि वहाले नै बहन गर्नु भएको थियो । समाज मा कुनै आपत आइ पर्यो भने एक कल फोन आउन साथ पसल बन्द गरेर सेवा मा हाजिर हुने यादव मन ले चाहयो भने घर परिवार ब्यवसाय अनि समाज सेवा गर्न समय पर्याप्त हुने बताउनु हुन्छ । यसरि नै सबै नागरिक आफ्नो आफ्नो गाउ टोल बजार अनि समुदाय मा लागेर आफ्नो कर्तब्य निभाउदै खबरदारि गर्ने हो भने अवस्य पनि सम्बृद्ध नेपाल बन्ने मा वहा को पुर्ण बिस्वास छ ।

You can share this post!