लाइन्स क्लबको आयोजनामा रक्तदान कार्यक्रम हुँदै ।

लाइन्स क्लब अफ काठमाडौँ लिटिल बुद्धको आयोजनामा रक्तदान कार्यक्रम भोली २४ गते शनिबार १० बजे हुनेभएको छ । लाइन्स क्लब इन्टरनेसनल ३२५ बी १ नेपाल अन्तर्गतको लाइन्स क्लब अफ काठमाडौँ लिटिल बुद्धले शनिबार काठमाडौँको बसन्तपुर डबलिमा गर्न लगेको कार्यक्रममा सह्-आयोजक लाइन्स क्लब अफ काठमाडौँ लाफिङ्ग बुद्ध र मिथिला सहकारिले गरेका छन ।

क्लबले ‘रगत नालिमा हैन नाडिमा बगाउ’ भन्ने मूल नारासहित कार्यक्रम गर्ने अध्यक्ष हेमराज साउद्ले जानकारी दिए । बाढीपहिरोपीडितका साथै विभिन्न कारणले रगतको अभाव झेलिरहेका तथा कोरोनाभाइरस संक्रमणका कारण रक्तदान कार्यक्रम आयोजना हुन नसक्दा अस्पतालहरूमा रगतको अभाव भएकोले बिरामीहरूले रगत नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम गर्न लागेका हौँ उनले भने, ‘रक्तदाताहरूको सहभागिताको लागी सबैलाई अनुरोध गर्द्छौँ । कार्यक्रमको सयोजक क्लबका उपा-अधक्ष्य काशिनाथ तिमील्सिनाले गर्नु भएकोछ ।

You can share this post!