न्यायलयको बाङ्गो तराजुले कहिले दिन्छ सिधा न्याय ?

सानु बस्याल

श्रीष्टिकर्ताको रुपमा चिनिने साक्षात देबीको अर्को रुप हो नारी । यो महान शब्द हामी आमा, दिदिबहिनी, भाउजुबुहारी र छोरीहरुलाई सम्बोधन गर्छौ । जनसंख्याको पचास प्रतिसत भन्दा बढि नारी भएको मुलुक नेपाल जहाँ रास्ट्रपति पनि नारी नै छ्न तर नारी माथि हत्या हिंसा बलात्कार का घटना प्रत्यक दिन बढिरखेको छ्न । नेपाली समाजमा अब नारीको अस्तित्व नै जोखिम देखिन्छ ।जब घरमा छोरि जन्मिन्छिन सम्पुर्ण देबीको अवतार लिएर जन्मिन्छिन । भनिन्छ नि छोरी “बाबाकी परी समाजकी सुन्दरी” । बिस्तारै उमेर बढ्दै जादा असीमित चाहानाहरु थपिदै जान्छ्न उसलाई पनि दाजु सरह समाजमा घुम्ने, डुल्ने खेल्ने रहरहरु हुन्छ्न । कति गाह्रो छ है छोरी भएर जिउन यसै क्रममा हासेर बोले.. नखरमौलि भन्छ मेरो समाज नबोलि हिडे उत्ताउली रे । हिजो यहि सागुरो समाजमा बटुलेका खुसिहरु आज घरको फराकिलो आगनमा समेत अटाउदैनन र बाध्य भैन्छ पराईको आगन टेक्न।

आफ्ना रहर खुसि र सपनाहरु कति औं सहिद मा पुगे आफैलाई याद हुदैन । आफ्नै मुटु झिकेर दिएका बाबुआमा माथि दाइजोको कमिमा बारम्बार दबाब आउछँ । अझ मधेसि समुदायका महिला दिदिबहिनिहरु त जिउदै जल्नुपर्छ दाइजोको केसमा । सबिधानका कागजमा त अन्त्य गर्न नसकिएको यो दाइजो प्रथा मानव जगतको मस्तिष्क बाट कसरी अन्त्य गर्न सकिन्छ ? तपाईं पुरुष भए ढुक्क हुनुस् ,तपाईं जत्ति औं सन्तान भए पनि यस धरतिमा स्वागत छ तर नारीलाई आमाको गर्ब मै सन्सार देख्नु अघि बिदाई गरिन्छ । एउटी महान नारी जब छोरी जन्माउछिन तब यो समाजमा लाखौं पिडा बचन सहेर बाच्नुपर्छ । मानव अधिकारको चर्को आवाज लिएर हिड्ने दाजुले घरमा छोरी जन्मेकै काण्डमा श्रीमती कुट्नुहुन्छ , महिला अधिकारका नारा लगाउदै ससक्तिकरण हिड्ने आमाले घरमै बुहारी माथि हिंसा निम्याउनुहुन्छ ।

घरमै हिंसा निम्त्याउने समाजका सिक्षित बुद्दिजिबिले खोक्रो मानवता बोकेर कहाँ सम्म पुग्ने हुन ??नारी होस् या पुरुष मानव धर्मप्रति निस्ठा राखेर अगाडी बड्नुपर्छ । रुढीबादी सामाजिक मुल्य मान्यता भन्दा ठुलो त मानबियता समानता र जागरुकता हो । नारीलाई सन्तान उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा मात्रै होइन उसले समाजमा पुर्याउने योगदानको पनि सम्मान गर्नुपर्छ । हरेक नारीले आफ्नो क्षमता योग्यता र ज्ञानको सदुपयोग गर्न पाउनुपर्छ । पहिलो सन्तानमा जन्मेकि छोरि स्कुलजाने भैसकि समाचारको हेडलाइनमा आउछ, चार बर्सिय बालिका माथि बलात्कार । आमा झसङ्ग हुदै सोच्छिन छोरी त जन्माए सुरक्षित राख्न सक्छु कि सक्दिन ।

सर्कार हामीलाई नारी दिवस त दियौं तर सधै बलात्कार घटनाले किन बिबस तुल्याउछौ । मैले जन्माएको छोरी मेरै समाजमा सुरक्षीत राख्न सक्दिन भने कयौं घरबार बिहिन परिबार गुमाएका छोरीहरु कसरी सुरक्षीत राख्ने ? एसिड प्रहारमा परेका सयौ मुस्कानलाई फेरी ओठमा मुस्कान कसरी छर्ने ? निर्मला हत्या कान्ड सेलाउन नपाउदै फेरी बझाङकि सम्झना बलात्कार हत्या काण्डको चक्र । सरकार यि हत्या काण्ड चक्रले यस धरतीमा अझै कति फन्को मार्छ ? के छोरी भएर जन्मिनु हाम्रो गल्ति अभिसाप हो र ? जुन निम्न बर्गिय पिडित समाज छ उसैमाथि मात्रै हत्या हिन्सा र बलात्कार । नेता मन्त्री उच्च पदका पदाधिकारीहरुले छोरी नै जन्माउदैनन कि क्या हो ? आफ्नो छोरी समानको चेलि प्रति अलिकति धर्म ,मानवता , दया, माया जाग्नुपर्ने नियम कानुन बनाउनुपर्ने।

ग्रामीण परिबारका पिडित समुदायहरुको पहुचँ नै छैन न्याय नै पाउदैनन भन्ने सिद्धान्त अंगालेर दिनप्रति दिन दमन छ । नेपाली समाजमा हजारौं निर्मला सम्झनाहरु छ्न जस्को पहुँचले न्याय नै किन्न सकिराको छैनन । गाउँ गाउँ मा बलात्कारीका सरकार छ्न पिडित पक्षलाई कस्ले दिन्छ न्याय ? त्यो न्यालयमा राखिएको न्यायमुर्तिको बाङ्गो तराजुले कहिले दिन्छ सिधा न्याय ?मन्त्री देखि 33% सम्सद भएको मुलुकमा महिला नै रास्ट्रपति तर नारी दमन महिला हिन्सा, बलात्कारका घटना कहिले सम्म ? अस्ति भर्खर एसिड कानुन ल्याए जस्तो दाइजो प्रथा महिला बिभेद बलात्कार जस्ता बिसयमा किन कडा कानुन बनाउन सक्दैनन् ।

फितलो र बनेको कानुनको पनि कडा कार्यनवन नहुनेले नै थप समस्या निम्तिएको हो । कहिले सम्म यसरी नारीहरु अकालमै मर्नु र मारिनुपर्ने हो ? पहुँच पैसा र राजनितिले दोसिलाई कहिले सम्म लुकाउन मिल्छ ? अब त समाजमा नारीको अस्तित्व नै जोखिम छ । यसरी दिनानुदिन घटना घट्दै जान्छ्न भने हे ईश्वर अब त नारी नाम को अस्तित्व नै लोप गराइदेउ । दोसिलाई फासिकै सजाय हुनुपर्छ । अपराधीलाइ अपराधीकै रुपमा हेरिनुपर्छ । बलात्कार पछि हत्या गर्ने जघन्य अपराधमा मानव अधिकारको प्रस्न उठाएर हुदैन । यस्ता घटनाहरुलाइ न्युनिकरण गर्दै सुन्यतामा ल्याउनुपर्छ ।

You can share this post!