कैलालीको टीकापुर नगरपालिकामा एकैदिन २१ जनामा कोरोना संक्रमणको पुष्टि ।

खकेन्द्र भण्डारी,
धनगढीः कैलालीको टीकापुर नगरपालिकामा एकैदिन २१ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ७ महिला र १४ पुरुष गरी २१ जनामा कोरोना पुष्टि भएको हो।
टीकापुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले संक्रमित सबै भारतबाट फर्किएका व्यक्ति रहेको बताए। उनका अनुसार वडा नम्बर ७ का चार महिला र ७ पुरुष गरी ११ जना, वडा नम्बर ८ का दुई महिला र तीन पुरुष गरी पाँच जना, वडा नम्बर १ का चार पुरुष र वडा नम्बर ६ का एक महिलामा कोरोना पुष्टि भएको हो।
संक्रमण पुष्टि भएका मध्ये दुईजना संस्थागत क्वारेन्टिनमा बसिरहेको भएपनि अन्य होम क्वारेन्टिनमा रहेको नगरपालिकाले जनाएको छ।

You can share this post!

Next article