आगलागि पिडित परिवार लाइ काँग्रेस रामारोशन द्वारा आर्थिक सहयोग

खकेन्द्र भण्डारी, धनगढी – रामारोशन गाउँपालिका वडा नं ३ कालापानी मा गत साउन २८ गते घरमा आगलागी वाट गम्भीर घाइते भइ उपचार मा रहेका रतन बुढामगर र उनकि श्रीमति पार्वती बुढामगर र भिम बहादुर वुढामगर लाइ उपचार खर्च सोरुप नेपाली काङ्ग्रेस रामारोशन गाउँ पालिकाले ११ हजार १०० सय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ आर्थिक अभावका कारण उक्त परिवारलाई उपचार मा ठूलो समस्या भएको ले सानै भएपनि आर्थिक सहयोग प्रदान गरेको नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिका सचिव पुर्ण बहादुर बि क ले वताएका भएको छ ।

उक्त रकम पिडित परिवारका दाजु लोग वहादुर बुढामगर लाइ हस्ताक्षर गरिएको छ हस्तान्तरण कार्यक्रम मा नेपाली काङ्ग्रेस का जिल्ला कार्यसमिति सदस्य मान व साउद नेविसंघ का पुर्ब केन्द्रीय सदस्य चन्द्र विश्वकर्मा नेपाली काङ्ग्रेस रामारोशन गाउँ पालिका सचिव पुर्ण बहादुर वि क युवा नेता पुष्प बिष्ट ने वि सं जिल्ला कमिटी सदस्य महेश बटाला नेता केशर बहादुर शाह विनोद शाह र तरुण दलका बिरेन्द्र शाह को सहभागी रहेको थियो बुढामगर परिवार एक महिना लामो कोहलपुर मेडिकल कलेज मा उपचार गरि हाल जिल्ला अस्पताल अछाम मा उपचार गरिहेका छन् उपचार मा आर्थिक अभावका कारण समस्या भएकाले सहयोग का लागि सम्बन्धित निकाय र अन्य सबै लाइ सहयोग का लागि नेपाली काङ्ग्रेस रामारोशन गाउँपालिका ले अपिल गरेको छ ।

You can share this post!