कैलालीमा दर्जनौँ युवाहरु कांग्रेसमा प्रवेश

खकेन्द्र भण्डारी, टिकापुर – कैलालीको जानकी गाउँपालिकामा दर्जनौँ युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस कैलालीले जानकी गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा युवाहरुले सो पार्टीमा सामुहिक प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं २ का युवा नेता तथा महासमिति सदस्य कमल बहादुर शाहको सहभागीता रहेको कार्यक्रमको अध्यक्षता शुरेस भण्डारीले गरेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा जानकी गाउँपालिका वडा नं २ कालिकापुर स्थित श्री कालिका युवा क्लबका युवाहरुले सामुहिक रुपमा सो पार्टी प्रवेश गरेका हुन् । नव प्रवेशीहरुले आगामी दिनमा नेपाली कांंग्रेस पार्टीलाई पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गरेका थिए ।

You can share this post!