जुठे बाजेले संविधान दिवस मनाइरहँदा हर्के विकले १० मिनेट बत्ती निभाएर बिरोध गरे अरे

लक्ष्मण चौलागाईं विद्रोही

कोरोना परिक्षण पनि नि:शुल्क छैन रे

नागरिकको उपभोग्य वस्तु छोइसक्नु छैन रे

गरिबहरु गरिबिले नै मर्दै गर्दा

विदेशी अनुदान बालुवामा पानी भएको छ रे

बेरुजुकाहिसाब गर्दा क्यालकुलेटर ह्याङ भो रे

भ्रष्टाचारका खवर सुनेर सगरमाथा झोक्रायो रे

अपराध त कति हो कति

बाहिर ल्याउने कि गोप्य राख्ने युट्युवरले डिल गर्दैछ रे

दुखीहरुको दुख झन्झन् बढेको छ रे

जनता दास शासक मालिक भएको छ रे

समृद्दिको पुरस्कार युवापलायन बढ्दै छ रे

साउदीमा गएको हर्के साहिला मस्जिदमा भोलि रेटिदै छ रे

झुठो आरोपमा ब्लड मनी नतिरेको कसुर हो रे

जुठे बाजे र हर्के विक एक अर्काले छोएको खादैनन् रे

जुठे बाजे ठूलो र हर्के बिक सानो जातका अरे

संविधानमा जुठेको सम्मान हर्केलाई

दलितको अपमान गरिदा मानव जातीकै उपहास् भएको छ रे

अनि जुठे बाजेले संविधान दिवस मनाउदा

हर्के विकले १० मिनेट बत्ती निभाएर बिरोध गरे अरे

कंचनपुरमा निर्मलाको शव चलानी हुदा

बजेको एकोहोरो शँखले अन्याय भो भनेर गुहार गुहार भन्दा

लोकतान्त्रिक गणतन्त्रले अट्टहास हासो हाँस्यो अरे

अभियुक्तलाई लुकाएर मानसिक रोगीलाई कालो पोत्दै

बलात्कारी र हत्याराको पृष्ठपोषण गरिरहदा

दिलबहादुर रम्तेलको आत्मा रोएको छ रे

माया विकले न्याय नपाई मर्नुपर्दा

मैना सुनुवारको आत्मा रोएको छ रे

गणेश दाहालहरुलाई मारेर तादी नदिमा फाल्दा न्याय नपाएको

नुवाकोटको खबरले महान सहिदको उपहास गरिएको छ रे

सिन्धुलीकि निरन्जनाको दस वर्षको अवोध उमेरमा

निमोठिएको घाँटी र हानिएको तातो गोलीको फासीवादी

हिसाब् मिनाहा नभएको वजह निरन्जनाक्क आत्मा रोएको छ रे

नन्द प्रसादले सत्याग्रहबाट नै बिदा हुँदा

बदलिएको व्यवस्थाले योगमायाको मृत्यु कुर्दैछ रे

घाइतेहरुले ओखती नपाउने जडिबुटीको देश योद्धाहरुले

कैद हुनुपरेको जिर्ण जेलको खबर सुनेर

कृष्ण सेन इच्छुकको आत्मा तड्पिएको छ रे

अनि सहिद कुसुम स्मृति प्रतिष्ठान भकानिएको छ रे

न्याय मरेको आभास देशले नै गरेकोले

गणतन्त्र गणतन्त्र जस्तो नभएको गुनासो गर्दै

सहिद परिवारले गुनासो गरे इतिहासका सुनौला सपना

आज काला दिनका वास्तविकता बन्दा आक्रोश पोख्दै

कृष्ण परियार रातो किताब जलाउदै थिए रे

शहीद प्रित कुमार मोक्तान का परिवारहरु बलिदानको व्यापार भएकोमा

मुक्तिका सपना बलात्कृत भए भन्दै गुनासो पोख्दै छन् अरे !

You can share this post!